logo

२०८३ असोज ७ बुधबार

साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षी, दुई मुख्यमन्त्रीसहित बने २० मन्त्री

साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षी, दुई मुख्यमन्त्रीसहित बने २० मन्त्री


हाम्रो राष्ट्र
  • मंगलबार, ८ साउन २०८१
  • 4.8K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।

    सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए ।

    अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुने छ । सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend