logo

२०८३ असोज ७ बुधबार

कांग्रेसलाई अब कुनै गल्ती गर्ने छुट छैन: कोइराला

कांग्रेसलाई अब कुनै गल्ती गर्ने छुट छैन: कोइराला


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

    मंगलबार काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताएका हुन् ।

    कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु नहुने बताए ।

    उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उल्लेख गरे ।

    कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend