काठमाडौँ – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को सहयोगमा बीपीपी विश्वविद्यालयले आइतबार काठमाडौँ म्यारियट होटलमा ‘गेटवे टु यूके: बीपीपी एस्कुल्सिभ नाइट’ आयोजना गरेको छ। उक्त कार्यक्रममा नेकाका महासचिव दीपक कोइरालाले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा बीपीपी विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रमुख ड्यारिल कोनेलले विश्वविद्यालयका विविध शैक्षिक पक्षबारे जानकारी गराउनुभएको थियो। सो अवसरमा बीपीपी विश्वविद्यालयका लागि नेपालका कन्ट्री म्यानेजर शिव केसी र ‘द अफिसियल रिप्रिजेन्टेटिभ’ का पार्टनर रिलेसनशिप म्यानेजर बिबाश रिमलले पनि आफ्नो धारणा राख्नुभएको थियो।
नेकाका उपाध्यक्षहरू रमण कोइराला र सुबेन्द्र थापासहित संघका अन्य कार्यसमिति सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बेलायतको शिक्षा प्रणाली र नेपाली विद्यार्थीका अवसरबारे छलफल गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेकाका अध्यक्ष भूपेन्द्र सिटौलाले सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै बीपीपी विश्वविद्यालयका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend