काठमाडौँ । इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) ले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष शैक्षिक परामर्श तथा विश्वविद्यालय प्रतिनिधि भेटघाट कार्यक्रम ‘ICCC सँग पढाइको कुरा २०२६’ आयोजना गर्ने भएको छ।
विशेषगरी क्यानडा, बेलायत (UK) र न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको अन्योल हटाउन र प्रत्यक्ष मार्गनिर्देशन प्रदान गर्न यो कार्यक्रम देशका विभिन्न चार स्थानमा सञ्चालन हुन लागेको हो।
कार्यक्रममा क्यानडाबाट आउनुभएका ICCC का प्रबन्ध निर्देशक (Managing Director) एवं वरिष्ठ विद्यार्थी परामर्शदाता राम खड्का (Ram Khadka), ICCC का अनुभवी परामर्शदाताहरू तथा क्यानडा, बेलायत र न्युजिल्यान्डका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति रहनेछ।
प्रबन्ध निर्देशक खड्काले प्लस टु (+2), स्नातक (Bachelor’s) र स्नातकोत्तर (Master’s) तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई आफूसँग र सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर आफ्ना जिज्ञासाहरू राख्न आग्रह गर्नुभएको छ। विद्यार्थीहरूले एउटै छानामुनि अध्ययन विकल्प, छात्रवृत्ति, भर्ना प्रक्रिया, पोस्ट-ग्य्राजुएट वर्क परमिट (PGWP) तथा स्थायी बसोबास (PR) का अवसरहरूबारे आधिकारिक जानकारी लिन सक्नेछन्।
कार्यक्रमका मुख्य आकर्षणहरू:
कार्यक्रम तालिका तथा स्थान (समय: बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म):
सीमित सिट मात्र उपलब्ध रहेको यस कार्यक्रममा निःशुल्क प्रवेशका लागि इच्छुक विद्यार्थीहरूले ICCC को आधिकारिक वेबसाइट icccedu.com/iccc-events-2026/ मा गई आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend