logo

२०८३ असोज ७ बुधबार

मार्चमा पाकिस्तानको मुद्रास्फीति ५० बर्ष यताकै सबैभन्दा उच्च

मार्चमा पाकिस्तानको मुद्रास्फीति ५० बर्ष यताकै सबैभन्दा उच्च


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 1.1K
    SHARES

    सन् १९६५ को जुलाईपछि मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ ।

    उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ ।

    गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पुर्याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।

    मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

    उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो ।

    मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताए ।

    पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।

    कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत बर्षदेखि शुरू गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend