logo

२०८३ साउन १३ बुधबार

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मनाङका लागि निराजन धामीले गोल गर्दा फ्रेन्ड्सका अमित तामाङले गोल गरेका थिए ।

    पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा मनाङले ५२ औं मिनेटमा अग्रता लिएको थियो । मनाङका निराजनले गोल गरेका थिए ।

    फ्रेन्ड्सका उत्तम राईलाई मनाङका चेतनकुमार थारुले फल गरेपछि पाएको पेनाल्टीमा अमित तामाङले गोल गरेपछि खेल बराबरीमा आएको थियो । बराबरीपछि मनाङ ३२ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने फ्रेन्डसभने २६ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend