logo

२०८३ साउन १३ बुधबार

मृत बन्धकलाई सम्भावित युद्धविराममा मुक्त गर्ने तयारी थियो : हमास

मृत बन्धकलाई सम्भावित युद्धविराममा मुक्त गर्ने तयारी थियो : हमास


हाम्रो राष्ट्र
  • आइतबार, १६ भाद्र २०८१
  • 2K
    SHARES

    काठमाडौं । गाजाको सुरुङमा मृत भेटिएका छ जना इजरायली बन्धकमध्ये केहीलाई युद्धविराम सम्झौता भएको अवस्थामा रिहाईका लागि ‘स्वीकृत’ गरिएको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।

    यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको भन्ने ती अधिकारीले नाम नबताउने शर्तमा भने,“इजरायली पक्षले फेला पारेका कैदीहरूको केही नामहरू घोषणा गरिएको छ । इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि प्रस्तावित आदानप्रदानका लागि हमासले अनुमोदन गरेको बन्धकहरूको सूचीमा उनीहरू पनि थिए।”

    इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।

    उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।

    गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend