logo

२०८३ साउन १३ बुधबार

‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’

‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’


हाम्रो राष्ट्र
  • मंगलबार, २५ भाद्र २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

    सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उहाँले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताउनुभयो । साथै उहाँले छानबिनमा सघाउने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend