logo

२०८३ साउन १४ बिहिबार

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड


हाम्रो राष्ट्र
  • बिहिबार, १० बैशाख २०८३
  • 1.5K
    SHARES

    काठमाडौं — ‘कोमल अभिभावकत्व’ (Gentle Parenting) शीर्षक पुस्तकको विमोचन तथा सम्मान कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। मथुरा थापाद्वारा लिखित उक्त पुस्तक हाम्रो बालापन नेपालको पहलमा ‘आजको आवश्यकता: अभिभावक शिक्षा’ भन्ने नारासहित सार्वजनिक गरिएको हो।

    कार्यक्रममा अभिभावक, शिक्षक, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रमुख अतिथि डा. धनञ्जय रेग्मीले पुस्तक विमोचन गर्दै अभिभावकहरूले बालबालिकाको मानसिक स्वास्थ्यप्रति सजग रहनुपर्ने बताउनुभएको थियो। उहाँले सानो तनावले पनि बालमस्तिष्कमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै माया, स्नेह र हेरचाहपूर्ण वातावरणमा बालबालिकालाई हुर्काउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

    मनोविद् डा. गंगा पाठकले अभिभावकको व्यवहारले बालबालिकाको भावनात्मक विकासमा निर्णायक भूमिका खेल्ने बताउनुभएको थियो। उहाँले डर, दबाब र कठोर अनुशासनभन्दा बुझाइ, सहानुभूति र संवादमार्फत मार्गदर्शन गर्नु प्रभावकारी हुने धारणा राख्नुभएको थियो।

    यसैगरी, साहित्यकार डा. बिदुर चालिसेले उक्त पुस्तकले अभिभावकलाई बालबालिकासँग व्यवहार गर्ने सही तरिका सिकाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। उहाँले यसलाई सबै अभिभावकका लागि उपयोगी कृतिको रूपमा व्याख्या गर्नुभएको थियो।

    कार्यक्रममा सहभागी वक्ताहरूले सकारात्मक अभिभावकत्वको अवधारणालाई समाजमा प्रवर्द्धन गर्न यस्ता प्रकाशनहरूको आवश्यकता औंल्याएका थिए। उक्त पुस्तकले अभिभावकलाई संवेदनशील, सहानुभूतिपूर्ण र जिम्मेवार पालनपोषणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

     

     

    Additional News 

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend