काठमाडौं । आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ ।
आज बस्ने बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भएपनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।
लोसपाले सरकारमा सहभागी हुने तयारीसमेत गरिरहेको र उक्त विषयमा पनि भोलिको बैठकमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend