logo

२०८३ असोज ७ बुधबार

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.1K
    SHARES

    हेटौडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।  बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भएपनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाईएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

    नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍यार विश्वासको मत लिन लागेका हुन । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा बिबाद बढे पछि अन्तिम समयमा आएर बुधवार बोलाईएको बैठक स्थगित हुन पुगेको थियो ।

    नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधवार बोलाईएको बैठक सारेर शुक्रवार डाकिएको हो । शुक्रवार डाकिएको बैठकवाट भने पुन: विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend