logo

२०८३ मंसिर १४ आइतबार

काठमाडौं जलवायु कार्य सप्ताहमा कौसी खेतीको प्रेरणा, श्रेष्ठ दम्पतीको मेहनतबाट समुदाय लाभान्वित

काठमाडौं जलवायु कार्य सप्ताहमा कौसी खेतीको प्रेरणा, श्रेष्ठ दम्पतीको मेहनतबाट समुदाय लाभान्वित


हाम्रो राष्ट्र
  • शनिबार, १३ मंसिर २०८३
  • 3.4K
    SHARES

    काठमाडौं — काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत कौसीबारीमा तरकारी उत्पादन तथा घरायसी फोहोरबाट मल बनाउने विधि प्रदर्शन कार्यक्रमले घरमै तरकारी उत्पादन र वातावरणमैत्री जीवनशैली अपनाउन प्रेरित गरेको छ।

    कौसी खेतीमा सक्रिय अन्जु श्रेष्ठ र उहाँका श्रीमान् प्रेम कुमार श्रेष्ठको मेहनत, लगाव र अनुभवबाट प्रेरित हुँदै टोलवासी तथा विभिन्न वडाबाट ठूलो संख्यामा सहभागीहरू उहाँहरूको कौसी खेती अवलोकन गर्न, सिक्न र अनुभव आदानप्रदान गर्न पुगेका छन्।

    कृषि विकास बैंकबाट अवकाश प्राप्त प्रेम कुमार श्रेष्ठ अवकाशपछि श्रीमती अन्जु श्रेष्ठलाई कौसी खेतीमा साथ दिँदै आउनुभएको छ। दुवैको निरन्तर मेहनतले घरको कौसीलाई हरियाली तरकारी बारीमा परिणत गरेको छ। उहाँहरूको कौसी खेती केवल तरकारी उत्पादनमा मात्र सीमित नभई घरको खाली ठाउँको सदुपयोग, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको उदाहरणसमेत बनेको छ।

    काठमाडौं जलवायु कार्य सप्ताहले वातावरण संरक्षण र जलवायु अनुकूल व्यवहारलाई दैनिक जीवनमा अपनाउन प्रेरित गरिरहेका बेला श्रेष्ठ दम्पतीको प्रयासले घरबाटै परिवर्तनको सुरुवात गर्न सकिने सन्देश दिएको छ। घरायसी फोहोरबाट मल बनाउने र कौसीमा तरकारी उत्पादन गर्ने अभ्यासले फोहोर व्यवस्थापनसँगै आत्मनिर्भर जीवनशैलीलाई पनि प्रोत्साहन गर्छ।

    आफूले सिकेको सीप र अनुभव अरूलाई बाँड्दै समुदायलाई सकारात्मक काममा प्रेरित गर्नु श्रेष्ठ दम्पतीको प्रयासको सुन्दर पक्ष हो। जलवायु संरक्षणका लागि ठूला अभियानसँगै घरघरबाट सुरु हुने साना अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् भन्ने सन्देश उहाँहरूको कौसी खेतीले दिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend