काठमाडौँ । अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप (Oxford International Education Group) का उच्चस्तरीय प्रतिनिधिहरूले रोजेटा इन्टरनेशनल एजुकेशन (Rosetta International Education) को कार्यालय भ्रमण गरेका छन्।
भ्रमण टोलीमा ग्रुपका क्षेत्रीय निर्देशक (नेपाल, श्रीलंका र बंगलादेश) अब्दुल रहमान, ग्लोबल रिक्रुटमेन्ट निर्देशक (एकेडेमिक पार्टनरसिप) श्रीनि बन्डारा, तथा नेपालका क्षेत्रीय प्रबन्धकद्वय डायना तामाङ र रोजिना थापाको सहभागिता रहेको थियो।
रोजेटा इन्टरनेशनल एजुकेशनको कार्यालयमा आयोजित एक विशेष अन्तरक्रियात्मक सत्रमा प्रतिनिधिमण्डल र संस्थाको टोलीबीच नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय अध्ययनका अवसरहरू, शैक्षिक मार्गहरू (Academic Pathways) र आगामी सहकार्यका विषयमा फलदायी छलफल भएको छ।
यस प्रकारको प्रत्यक्ष भेटघाट र सहकार्यले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरको उच्च शिक्षाको ढोका खोल्न र गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्न थप मद्दत पुग्ने विश्वास रोजेटा इन्टरनेशनल एजुकेशनले लिएको छ। संस्थाले आगामी दिनमा अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुपसँग मिलेर अझ धेरै शैक्षिक उपलब्धिहरू हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend