logo

२०८३ साउन १५ शुक्रबार

साउदी अरब र इरानबीच एकअर्का देशमा दूतावास खोल्ने सहमति

साउदी अरब र इरानबीच एकअर्का देशमा दूतावास खोल्ने सहमति


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 910
    SHARES

    साउदी अरब र इरानबीचमा एकअर्काको देशमा दूतावास खोल्नेदेखि हवाई उडान गर्नेसम्मको सहमति भएको छ । साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि उक्त सहमति भएको हो । चीनले वार्ताको मध्यस्थकर्ता गरेको थियो । गत मार्चमा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक सहमति भएको थियो ।

    सो सहमति पछि कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता भएको र दुवै देशले दूतावास खोल्नेदेखि हवाई उडान गर्नेसम्मको सहमति गरेका हुन् ।

    इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियान र साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउदबीच भएको सहमतिअनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाइएको छ ।

    सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्तकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने बिषयमा सहमति गरेका हुन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend