logo

२०८३ असोज ७ बुधबार

चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने

चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1K
    SHARES

    ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो ।

    जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।’ यस सैन्य अभ्यासमा चीनले ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा योजनाबमोजिम आफ्ना लडाकू विमानहरू प्रयोग गर्नेछ ।

    यस अभ्यासमार्फत चीनले ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउनका साथै फेरि युद्धको चेतावनी दिएको छ । ताइवानको रक्षा मन्त्रालयले पनि उक्त टापु वरपर १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको पुष्टि गरेको छ । ताइवानका राष्ट्रपति साइ इङ वेनले बुधबार क्यालिफोर्नियामा अमेरिकी तल्लो सदनका अध्यक्ष केभिन म्याकार्थीसँग भेट गरेका थिए ।

    ताइवानी राष्ट्रपतिले अमेरिका गएर अमेरिकी तल्लो सदनका अध्यक्षले भेटको यो पहिलो पटक हो। जुन भेटघाटलाई लिएर चीनले आपत्ति जनाउँदै ताइवानी सीमामा सैन्य अभ्यास गरेको हो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend