logo

२०८३ साउन १४ बिहिबार

अफगानिस्तानबाट अमेरिकी सेना ढिला फिर्ता भएको निष्कर्ष

अफगानिस्तानबाट अमेरिकी सेना ढिला फिर्ता भएको निष्कर्ष


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.2K
    SHARES

    अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जन निर्णयको सर्वत्र आलोचना भएको थियो ।

    काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट मानिसहरूलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

    ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले ‘स्पष्ट रूपमा हामीले अफगानिस्तानमा तालिबान देश भरि कत्तिको तीव्र गतिमा अघि बढिरहेको छ भन्ने कुराको सूचना यहाँ प्राप्त गर्न सकेनौं’ भनेर टिप्पणी गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend