logo

२०८३ साउन १४ बिहिबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

    बुधबार भएको मतदानमा तीन जना उम्मेदवार वरिष्ठ उपाध्यक्षको प्रत्यासी थिए । त्यसरी प्रत्यासी बनेकामा उमेश, अन्जनसँगै रामचन्द्र संघई पनि थिए । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनको लागि कम्तिमा पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । सोभन्दा कम मत आएमा बढी मत ल्याउने २ जना प्रतिस्पर्धीबीच पुनः निर्वाचन हुन्छ ।

    बुधबारको मतदानमा बढी मत ल्याउने अन्जन र उमेशबीच दोस्रो चरणको मतदान हुने तयारी भइरहेको थियो । तर सँगै सर्वसम्मत उम्मेदवार चयन गर्ने पहल पनि भइरहेको थियो । यही पहलले सार्थकता पाएपछि उमेशले अञ्जनलाई छोडेका हुन् । अबको तीन वर्षपछि अञ्जन श्रेष्ठ महासंघको स्वतः अध्यक्ष बन्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend