logo

२०८३ असोज ७ बुधबार

नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता प्रदान

नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता प्रदान


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । नेपाल रग्बी सङ्घले विश्व रग्बी सङ्घको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसँगै घरेलु गतिविधिमा सक्रियता बढाउँदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले निकै ठूलो परिश्रम र सङ्घर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।

    ‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल सङ्घ छ भनेर हतार–हतारमा सदस्यता दिँदैन । निश्चित प्रक्रिया पूरा गर्नुपर्छ ।’ एसिया रग्बीका कार्यकारी सदस्यसमेत रहेका सदस्य–सचिव घिसिङले भने, ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागिता, कार्यालय सञ्चालन, कार्यालयमा कर्मचारीको अवस्था, प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ ।’

    नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सङ्घको मेहनतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको बताउँदै नेपाली रग्बी व्यावसायिकतामा प्रवेश गरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend