logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीसँग छलफल गर्न देउवा बालुवाटारमा

प्रधानमन्त्रीसँग छलफल गर्न देउवा बालुवाटारमा


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुसँगको छलफल लगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीसँग राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न देउवा बालुवाटार पुगेका हुन् ।

    यसअघि पार्टीको सचिवालय बैठकलगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास पुगेका थिए ।

    बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए । भेटमा राष्ट्रपति उम्मेदवारकाबारेमा छलफल भएको बताइएको छ । त्यस्तै आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल गरेको थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend