logo

२०८३ साउन १४ बिहिबार

पाँच दलीय गठबन्धन ब्यूँताउन नेताहरुबीच निर्णायक छलफल

पाँच दलीय गठबन्धन ब्यूँताउन नेताहरुबीच निर्णायक छलफल


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पुरानै गठबन्धन ब्यूँताउन छलफल थालेका छन् ।

    बुधबार देउवा निवास धुम्बाराहीमा पार्टीका नेताहरुसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । यादवसँगको छलफलपछि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग छलफल गरेका थिए ।

    एकीकृत समाजवादीका नेताहरुसँगको छलफलपछि देउवा प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार गएका थिए । भेटमा पुरानै गठबन्धन ब्यूँताउनेबारेमा नेताहरुबीच छलफल भएको छ ।

    छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुरानै गठबन्धन ब्यूँताउने सम्भावना बढेको तर अहिले नै परिणाम आइनसकेको जानकारी दिए । सभापति देउवाले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको र प्रधानमन्त्रीले राष्ट्रपतिबारे आफ्नै दल र संसदमा रहेका अन्य दलसँग छलफल गरेर निर्णय दिने जवाफ दिएका थिए ।

    छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा  सहभागी थिए ।

    त्यसअघि बुधबार देउवासँग एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूको छलफल भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend