logo

२०८३ असोज ७ बुधबार

ओलीको प्रश्नः ‘जनयुद्ध दिवस’लाई किन राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्यो ?

ओलीको प्रश्नः ‘जनयुद्ध दिवस’लाई किन राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्यो ?


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।

    उनले यसबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको बताए । उनले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुनपर्ने बताए ।

    उनले भने, ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने निर्णय गरेछ । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्यो ? आकास्मिक रुपमा त्यो किन गर्नु पर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्न पर्यो ? त्यो मैले पनि बुझेको छैन । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन ।’

    उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताए । उनले नेपाली जनतामा परस्परमा लड्ने, लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend