logo

२०८३ असोज ७ बुधबार

युक्रेन युद्धको एक वर्षपुग्नु अघि स्पेनका प्रधानमन्त्री कीभमा

युक्रेन युद्धको एक वर्षपुग्नु अघि स्पेनका प्रधानमन्त्री कीभमा


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एकवर्ष पूरा हुनु एक दिन अघि आफ्नो समर्थन जनाउन बिहीबार कीभको यात्रा गरेका छन् ।

    ‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ ,’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियो सहित ट्वीट गरेका छन् ।

    ‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,’ उनले स्पेनिस भाषामा ट्वीट गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend