logo

२०८३ असोज ७ बुधबार

जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी बिहीबार भारत गएका हुन् ।

    जी २० का अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्लोरमा हुने कार्यक्रम छ । मन्त्री पौडेलले सम्मेलनका साथै भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ । उनीसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् ।

    नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरू छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend