logo

२०८३ असोज ७ बुधबार

हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन पुनः सुरु

हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन पुनः सुरु


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    हेटौंडा । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले शुक्रबारदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।

    हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।

    उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend