logo

२०८३ साउन १४ बिहिबार

सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति

सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो ।

    सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार रिट दायर गरेका थिए । करणी मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो ।

    त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए । सोमबारदेखि युएईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपबिनै खेल्नेछ। त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ । यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए। उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend