logo

२०८३ असोज ७ बुधबार

कांग्रेसलाई राष्ट्रपति दिने सर्वसम्मत निर्णय

कांग्रेसलाई राष्ट्रपति दिने सर्वसम्मत निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । दलहरुबीच राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस माओवादीसहितका दलको बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने सहमति भएको हो ।

    बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूले सर्वसम्मत निर्णय गरेको जानकारी दिए । उनले भने, ‘पिंजड’ अन्ततः भत्किने भयो ! राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend