logo

२०८३ साउन १४ बिहिबार

म्यानचेस्टर युनाइटेडलाई काराबाओ कपको उपाधि

म्यानचेस्टर युनाइटेडलाई काराबाओ कपको उपाधि


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो ।

    युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको हो । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

    युनाइटेडका लागि खेलको ३३औँ मिनेटमा कासिमिरोले गोल गरे भने ३९औँ मिनेटमा मार्कस रास्फोर्डले गोल गरे । म्यानचेस्टर युनाइटेडले एरिक टेन हानको नेतृत्वमा सन् २०१७ पछि पहिलो पटक उपाधि जितेको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend