logo

२०८३ असोज ७ बुधबार

कम्बोडियाको मानव समुदायमा बर्डफ्लुको जोखिम कम

कम्बोडियाको मानव समुदायमा बर्डफ्लुको जोखिम कम


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

    विज्ञप्ति जारी गरी डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ ।

    यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट दुई जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो ।

    दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका पहिलो सङ्क्रमित व्यक्ति रहेको र उनको  फेब्रुअरी २२ मा भाइरसका कारण मृत्यु भएको थियो । उनका ४९ वर्षीय बुबालाई एक दिनपछि भाइरसको लागि सकारात्मक परीक्षण गरिएको थियो र हाल उनी प्रे वेंग प्रान्तीय रेफरल अस्पतालमा आइसोलेसनमा छन् ।

    मृतक बालिकाको सम्पर्कमा रहेका अन्य ११ जनाको बर्ड फ्लु भाइरसको परीक्षणमा सङ्क्रमण पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ ।

    “अहिलेसम्मका प्रमाणका आधारमा यो भाइरसले मानिसलाई सजिलै सङ्क्रमित गर्दैन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु असामान्य देखिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

    “अहिलेसम्म उपलब्ध सूचनाका आधारमा डब्लुएचओले यो भाइरसबाट उत्पन्न हुने जोखिम कम भएको आँकलन गरेको छ,” उनले । कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि ली आइलानले प्रकोपविरुद्ध द्रुत प्रतिक्रियाका लागि साउदी अरबको पनि प्रशंसा गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend