logo

२०८३ साउन १४ बिहिबार

ब्राजिलमा बाढी पहिरोमा परी ६५ जनाको मृत्यु

ब्राजिलमा बाढी पहिरोमा परी ६५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

    मृत्यु हुनेमा १९ जना नाबालक रहेका राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पीडितका लागि राहतलाई प्राथमिकता दिइएको छ ।

    सेनाका जवान, अग्निनियन्त्रक, स्वयंसेवक र उद्धारकर्मीहरूले अझै पनि मृतकहरूको शव निकाल्न र हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन् ।

    अधिकांश पीडितहरू साओ सेबेस्टियाओको सामुद्रिक तट बारा डो साही नजिकै सिएरा डी मार पर्वत श्रृङ्खलाको उच्च जोखिम भएको क्षेत्रहरूको गरीब बस्तीमा बस्थे ।

    पछिल्लो पहिरोको कारण घरबार गुमाएका करिब दुई हजार ४४० जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरो र हावाहुरीका कारण बन्द भएका तटीय सडक आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् ।

    फेब्रुअरी १९ मा, तटीय शहरहरू बर्टिओगा, कारागुआटाटुबा, ग्वारुजा, इल्हाबेला, साओ सेबेस्टियाओ र उबटुबामा करिब २४ घण्टामा अत्यधिक वर्षा भएको थियो ।

    साओ सेबास्टियाओको सामुद्रि तट, ब्राजिलको विशेष पर्यटन गन्तव्यहरू मध्ये एक हो । ब्राजिलको एकीकरण तथा क्षेत्रीय विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपको जोखिममा रहेका १४ हजार क्षेत्रमा करिब ४० लाख ब्राजिलियालीहरू बसोबास गर्छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend