logo

२०८३ साउन १५ शुक्रबार

विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित

विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको छ ।

    पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आसिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।

    यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए ।

    बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए । नेपालले लिग–२ मा लगातार पाँचौँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितको कीर्तिमान बनाएको छ ।

    यसअघि घरेलु मैदानमा भएको भएको खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएको थियो । यो जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । पीएनजी २९ खेलमा ५ अङ्कका साथ तालिकाको पुछारमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend