logo

२०८३ असोज ७ बुधबार

अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको चीनको आरोप

अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको चीनको आरोप


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाको नाममा विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरिरहेको चीनले आरोप लगाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित प्रेस ब्रिफिङमा यस्तो टिप्पणी गरेका हुन् ।

    ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई सबै संघीय उपकरणहरूबाट टिकटक मेटाउन ३० दिनको समय दिएको बारेको प्रश्नमा उनको यस्तो टिप्पणी आएको हो ।

    जसमा अमेरिका–चीन प्रतिस्पर्धाको बीचमा अमेरिकी राष्ट्रिय सुरक्षामा चिन्ताको कारण दर्शाउँदै उठाइका विषयमा चीनको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।

    युवामाझ अत्यन्त लोकप्रिय एपसँग डराउन खोज्नु विश्वको शीर्ष महाशक्ति राष्ट्रको नीति अलिक उपयुक्त नहुने उनको भनाई थियो ।

    यसका नाममा राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाउँदै विदेशी कम्पनीहरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गर्नु गलत भएको उनले बताए ।

    अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको सम्मान गर्नुपर्ने भन्दै उनले विदेशी कम्पनीहरूको लागि खुला, निष्पक्ष र गैर–भेदभावरहित वातावरण बनाउन आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend