logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    रुकुम । रुकुम पूर्वमा सञ्चालन गरिएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ ।

    पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो ।

    जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ विधामा प्रतियोगिता भएको थियो ।

    त्यसैगरी नौ स्वर्णसहित भूमे गाउँपालिका दोस्रो र पाँच स्वर्णसहित पुथा उत्तरगङ्गा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ महेन्द्र मावि तकसेरामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend