logo

२०८३ साउन १४ बिहिबार

बिथोलिएको राजनीति सही ट्र्याकमा आयोः नेता सिंह

बिथोलिएको राजनीति सही ट्र्याकमा आयोः नेता सिंह


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्रयाकमा आएको बताएका छन्। धनुषा कांग्रेसको पार्टी कार्यालयमा बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको राजनीति सही बाटोमा आएको दाबी गरेका हुन्।

    केही समय असहजतातर्फ राजनीति अघि बढे पनि अहिले जनताको जनमतअनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको सिंहको भनाइ थियो। अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने उनले बताए।

    राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको भन्दै सिंहले राष्ट्रपति निर्वाचनबारे कुनै पनि दुविधा नराख्नसमेत आग्रह गरे। उनले सरकार पनि आठ दलबीचको समझदारीबमोजिम अगाडि बढ्ने बताए।

    अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितलाई सम्हालेर जानुपर्ने चुनौती रहेको भन्दै सिंहले सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु पर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend