logo

२०८३ साउन १४ बिहिबार

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो ।

    बिहीबार प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको पत्र बुझाएकी छन् ।

    राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निणर्यलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीको भनाइ छ । कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

    यद्यपि शर्मा अल्पमतमा भने परेका छैनन् । हाल शर्मालाई एमाले, एकीकृत समाजवादी र एक स्वतन्त्रको समर्थन छ । केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारबारे कुनै निर्णय लिइसकेको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend