logo

२०८३ साउन १४ बिहिबार

उपाध्यक्ष अर्यालको प्रश्नः संवैधानिक पदमा रहेको राष्ट्रपतिले दुई-दुई पटक नागरिकता विधेयक फर्काउन मिल्छ ?

उपाध्यक्ष अर्यालको प्रश्नः संवैधानिक पदमा रहेको राष्ट्रपतिले दुई-दुई पटक नागरिकता विधेयक फर्काउन मिल्छ ?


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 975
    SHARES

    काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको आरोप लगाएकी छन् । बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष अर्यालले नागरिकता विधेयक रोकिनुको कारण त्यही भएको बताएकी हुन् ।

    उनले राष्ट्रपतिले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेको बताइन् । संवैधानिक अभिभावकको भूमिकामा नरही नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालले बताइन् । उनले भनिन्, ‘नागरिकता विधेयक दुई दुई पटक पठाउँदा फर्काउनुभयो राष्ट्रपतिले त्यो पीडादायी छ । कसको इसारामा फर्काउनुभयो ? त्यो होइन, राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एक चोटी फर्काउनु ठिक छ, तर दोस्रो पटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो ।’

    उनले उही व्यहोराको नागरिकतासम्बन्धी अध्यादेश पारित गर्ने राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुको कुनै औचित्य पुष्टि नभएको बताइन् । उनले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् । संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने बताइन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend