logo

२०८३ असोज ७ बुधबार

खडेरीका कारण केन्यामा लाखौं पशुचौपायाको मृत्यु

खडेरीका कारण केन्यामा लाखौं पशुचौपायाको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    एनडीएमएका अनुसार यो सङ्ख्या सुख्खा र अर्ध–शुष्क क्षेत्रका कूल ५२ लाख ८० हजार जनावरको लगभग पाँच प्रतिशत हो । सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेका एनडीएमएले जनाएको छ ।

    सुक्खा २३ मध्ये २२ वटा क्षेत्रमा खडेरीको अवस्था झनै बिग्रँदै गएको छ । सन् २०२२ को छोटो वर्षाको कारण खराब अवस्था र लगातार चार बर्षसम्मको अल्पवृष्टिका कारण जनावरहरू मरिरहेको एनडीएमएले जनाएको छ ।

    एजेन्सीका अनुसार सुख्खा क्षेत्रमा चरन क्षेत्र पूर्णरूपमा समाप्त भएको छ भने उच्च तापमानका कारण खराब भएको छ ।

    क्षेत्रीय विकास मन्त्रालयका क्याबिनेट सचिव रेबेका मियानोले पूर्वी अफ्रिकी समुदाय, शुष्क र अर्ध–शुष्क भूमि र केन्याले राहत खाद्य वितरण सुरक्षित गर्न दुई अर्ब केन्याली शिलिङ्ग जारी गरेको उल्लेख गर्दै खडेरी न्यूनीकरण प्रतिक्रियाहरू बढाएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend