logo

२०८३ असोज ७ बुधबार

मलेसियाका पूर्व प्रधानमन्त्री नजिबलाई भ्रष्टाचार मुद्दामा सफाइ

मलेसियाका पूर्व प्रधानमन्त्री नजिबलाई भ्रष्टाचार मुद्दामा सफाइ


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने जनाइएको छ ।

    राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलानले बताए ।

    भ्रष्टाचारको आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो ।

    परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उनलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उनलाई तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend