logo

२०८३ असोज ७ बुधबार

क्रिकेट लिग–२ मा नेपालको जित

क्रिकेट लिग–२ मा नेपालको जित


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए ।

    नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले आठौँ विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमो कमेया र सेसे बाउले २/२ विकेट लिए ।

    यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो । यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । बिहीबारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमबार यूएईसँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend