logo

२०८३ असोज ७ बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा शाहले विश्वासको मत माग्ने कार्यतालिका छ ।

    मुख्यमन्त्री शाहले दिउँसो १ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने बताए। माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसंग विश्वासको मतका लागि छलफल भएको उनले बताए। बिहान ११ बजेको माओवादी संसदीय दलको बैठकले निर्णय गर्ने विश्वास मुख्यमन्त्री शाहको छ ।

    नेपाली काँग्रेसका संसदीय दलका नेता शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि नै नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले लिखित सहमति मागेका छन्। उनीहरुले विनालिखित मत नदिने बताएका हुन् । नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए शाहको मुख्यमन्त्री पद संकटमा हुनेछ।

    उनले एमालेको साथ लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ्। प्रदेशमा नेपाली काँग्रेसका १९ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। शाहलाई विश्वासको मतका लागि थप ७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ।

    सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् । माओवादी संसदीय दलको शनिवारको बैठकले काँग्रेससँग लिखित सहमति माग गरेको थियो। आलोपालो मुख्यमन्त्री, मन्त्रालय तथा समितिहरुको सभापतिमा माओवादीले लिखित सहमति माग गरिएको हो।

    उक्त विषयमा लिखित सहमति नभए मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय माओवादीले गरेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको एमाले नेतृत्वको प्रदेश सरकार माघ २६ गते ढलेको थियो। सोही दिन उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको हैसियतले काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पनि ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend