logo

२०८३ असोज ७ बुधबार

प्रिमियर लिगमा चेल्सीसँग लिड्स युनाइटेड पराजित

प्रिमियर लिगमा चेल्सीसँग लिड्स युनाइटेड पराजित


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै चेल्सी २५ खेलमा ३४ अङ्ककासाथ अङ्क तालिकाको दशौँ स्थानमा छ ।

    अर्को खेलमा उल्भ्सले टोटनह्यामलाई १–० गोलले हराएको छ । त्यस्तै ब्राइटनले वेस्टह्यामलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्पटनले लेस्टर सिटीलाई १–० गोलले हरायो । हिजो भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २–० गोलले हराएको थियो । सिटी २६ खेलमा ५८ अङ्ककासाथ दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend