logo

२०८३ साउन १४ बिहिबार

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन पार्टी संसदीय दललाई प्रधानमन्त्रीको निर्देशन

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन पार्टी संसदीय दललाई प्रधानमन्त्रीको निर्देशन


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशसभाका आफ्ना सांसदहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

    सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै पार्टी अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न निर्देशन दिएका हुन् । शाहले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

    माओवादीले मत दिएमा शाहले विश्वासको मत पाउँछन्। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद छन् । प्रदेश सभामा एमालेका १० सांसद छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend