logo

२०८३ असोज ७ बुधबार

लाओसलाई १-० ले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसलाई १-० ले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा


हाम्रो राष्ट्र
  • मंगलबार, ३० असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
    लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे ।
    उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
    नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend