logo

२०८३ असोज ७ बुधबार

मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने कुनै निर्णय भएको छैनः सरकारका प्रवक्ता

मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने कुनै निर्णय भएको छैनः सरकारका प्रवक्ता


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अमूक देशको प्रस्तावमा मुस्ताङमा कुनै विश्वविद्यालय स्थापना गर्न सरकारले कुनै निर्णय गरेको स्पष्ट पारेको छ ।

    आइतबार साँझ सरकारका प्रवक्ता रेखा शर्माले विज्ञप्ति जारी गरी विश्वविद्यालय स्थापना गर्ने स्वीकृति दिएको भन्ने भ्रमणपूर्ण खबरको पछि नलाग्न आग्रह गरेकी हुन् ।

    त्यस्तै उनले मुस्ताङको मुक्तिनाथ गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दुतावासलाई पत्र लेखेको भन्ने समाचारका बारेमा छानबनि गरी सत्यतथ्य बाहिर ल्याउने बताएकी छन् ।

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए ।

    उनले भनेका थिए, ‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend