logo

२०८३ असोज ७ बुधबार

यूएईलाई पराजित गर्दै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालको जित

यूएईलाई पराजित गर्दै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालको जित


हाम्रो राष्ट्र
  • बुधबार, १ कार्तिक २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायो ।

    यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । रोहितले अविजित ५१ रनको अर्धसतकिय पारी खेले भने दिपेन्द्र ३४ रनमा अविजित रहे ।

    त्यस्तै आशिफ शेखले २३ रनको योगदान गर्दा कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाउँदै पेभिलियन फर्किएक थिए । युएईका लागि अलि नासर र निलान्स केस्वानीले समान एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend