logo

२०८३ असोज ७ बुधबार

छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम

छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.5K
    SHARES

     

    धादिङ । छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नम्बर वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्याफ्टिङ प्रतियोगिता भएको थियो ।

    उक्त खेलको तीन वटा चरण (दौड, साइकलिङ र र्याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ ।

    महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ । यूनाइटेड फिक्कल एमटिबि स्क्वार्ड दोस्रो र डुल्वा केटीस तेस्रो भएको छ । प्रतियोगितामा २१ टिमका ८४ खेलाडीको सहभागिता थियो ।

    पुरुषतर्फको प्रतियोगितामा प्रथम हुनेले एक लाख पचास हजार, दोस्रोले  एक लाख, तेस्रोले  ७५ हजार, चौथोले  २५ हजार र पाँचौले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फ पहिलो हुनेले  ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend