काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’ विरुद्धको टस हारेर बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका हुन । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिडिरहेका छन । आयरल्याण्डले ४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर २५ रन बनाएको छ ।
🍀: 25/2 ( 4 overs )
Karan KC strikes in the first over ! Lalit Rajbanshi gives us the break through in the 3rd Over 🔥#IRETourOfNEP | #OneBallBattles | #NepalCricket | #WorldCupYear2024 pic.twitter.com/GTTKpTOHoo
— CAN (@CricketNep) March 25, 2024
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव र सन्दिप जोरा छन् । साथै अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend