logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपतिमा पौडेललाई भोट दिन राप्रपालाई आठ दलीय गठबन्धनका नेताहरुको आग्रह

राष्ट्रपतिमा पौडेललाई भोट दिन राप्रपालाई आठ दलीय गठबन्धनका नेताहरुको आग्रह


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट दिन आठ दलीय गठबन्धनका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् । सोमबार साँझ राप्रपाको केन्द्रीय कार्यायलयमा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहित कांग्रेस, माओवादी केन्द्र, लोसपा, जसपाको टोली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको राप्रपाको टोलीबीच भेटवार्ता भएको हो ।

    भेटमा राष्ट्रपति पदका उम्मेदवार पौडेलसहित गठबन्धनका नेताहरुले राप्रपासँग भोट मागेका हुन् । फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend