logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

    मंगलबार ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले अर्को रिट दर्ता गराएका हुन् ।

    सर्वोच्च अदालतले फागुन १९ गते प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दायर गर्न आदेश थियो । यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई ईश्वर खतिवडा र हरिप्रसाद फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।

    २०७६ माघ १ गते टुँडिखेलमा भएको कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए ।

    त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्न रिटमा माग गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend