logo

२०८३ असोज ७ बुधबार

इराकमा बम विष्फोटमा परी पाँचजनाको मृत्यु

इराकमा बम विष्फोटमा परी पाँचजनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1K
    SHARES

    इराकमा गएराति भएका बम विष्फोटमा परी पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् ।

    इराकको पूर्वी प्रान्त दियालामा बम विस्फोट भएकोसुरक्षा स्रोतले जानकारी दिएको छ । विष्फोटमा परी पाँच जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् ।

    दियाला प्रान्तीय प्रहरीका मेजर अला अल– साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो ।

    सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो । सो सडक भएर हिँडिरहेका बटुवा चार जना घाइते भएका पनि उनले जानकारी दिए ।

    यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ ।

    पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतङ्ककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend