logo

२०८३ असोज ७ बुधबार

इटालीमा सैनिक विमान ठोक्किदा दुई चालकको मृत्यु

इटालीमा सैनिक विमान ठोक्किदा दुई चालकको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    इटालीको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्युु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताए ।

    रोमको उत्तरपश्चिमा भएको दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend